‘कान्तारा २’ लाई ऋषभले मागे सय करोड पारिश्रमिक

डिसी नेपाल
१२ चैत २०७९ १२:०४
48
Shares

मुम्बई। कन्नड सुपरस्टार ऋषश शेट्टीको ब्लकबस्टर फिल्म ‘कान्तारा’को दोस्रो भागमा जोकोहीको नजर परेको छ। होमेबल फिल्मस्को व्यानरमा बनेको फिल्मको दोस्रो भागका लागि ऋषभ चर्चामा छन्।

निर्माण पक्षका अनुसार ‘कान्तारा २’ फिल्मको सिक्वेल नभई प्रिक्वल हुनेछ। २० करोडको लागतमा बनेको फिल्मले गत वर्ष विश्वव्यापी रुपमा झण्डै ४ सय करोड बढी कमाई गरेको थियो। फिल्मको प्रिक्वेलको तयारी भइरहँदा ऋषभले निर्मातासँग सय करोड पारिश्रमिक मागेका छन्।

फिल्मको पहिलो भाग कन्नड दर्शकलाई ध्यानमा राख्दै निर्माण गरिएको थियो । सोहीकारण फिल्मको बजेट पनि कम थियो। फिल्म रिलिज हुनासाथ यसको कथाबाट अन्य फिल्म उद्योगका मानिस पनि प्रभावित भएपछि अर्को भाषामा डब गरेर रिलिज गरिएको थियो।

‘कान्तारा’का लागि ऋषभले ५ करोड मात्र पारिश्रमिक लिएका थिए। उनले लेखन, निर्देशनको कामसमेत गरेका थिए। फिल्म ब्लकबस्टर भएपछि निर्माताले ठूलो बजेटमा प्रिक्वेल बनाउने तयारी गरिरहेका छन्। त्यहीकारण ऋषभले पनि पारिश्रमिक सय करोड मागेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *