फिल्म ‘जय हो’ को छायांकनसंगै विदेश राइट्स बिक्रीमा
काठमाडौँ। शोभित बस्नेतको प्रस्तुतिमा निर्माण हुने सिनेमा ‘जय हो’ को छायांकन अगावै विदेश राइट्स बिक्री भएको छ। नमस्ते इन्टरटेनमेन्टले सिनेमाको विदेश राइट्स किनेको हो। अब सिनेमा नेपाल बाहिर रिलिज गर्न चाहनेले नमस्ते इन्टरटेनमेन्टसँग विभिन्न देशमा रिलिज गर्न चाहनेले सम्पर्क गर्नु पर्नेछ।
देव कार्की सञ्चालक रहेको यो कम्पनिले यसअघि हाल प्रदर्शनरत सिनेमा छक्का पञ्जा ४ र दुई नम्बरी, कबड्डी कबड्डी कबड्डी, आमाका साथै आगामी चैत्र २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा प्रसाद २ को अष्ट्रेलिया राइट्स किनेको थियो।
टेक पौरखी राईको निर्देशन निर्माण हुने सिनेमामा अर्पण थापा, सलोन बस्नेत, केकि अधिकरी, निशा अधिकरी, माओत्से गुरुङ प्रेम पाण्डे , दिपा शक्या श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ अथिती कलाकारमा रोहित रुम्बा लगायतको अभिनय रहेको छ।
सिनेमाको द्धन्द्व निर्देशनमा सम्राट बस्नेत, कोरियोग्राफीमा कबिराज गहतराज र रामजी लमिछाने, सम्पादनमा बनिश शाह, रहेका छन्।
सिनेमाचैत्र ११ बाटगते देखि फ्लोरमा गएको छ सिनेमा यतिबेला पोखराको विभिन्न स्थानमा छायांकन भइरहेको छ सिनेमाको ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत छायांकन पोखरामा गरिनेछ। सुरेश न्यौपानेको कथा लेखन रहेको सिनेमामा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ। कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहने सिनेमा आगामी भाद्र ८ अर्थात अगष्ट २५ मा रिलिज गरिने निर्माण टिमले जानकारी गराएको छ।
सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने सिनेमाको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन्। अधिकारी र सरकार जय हो विजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment