अभिनेत्री मीनासँग दोस्रो विवाह गर्दै धनुष
मुम्बई। तमिल फिल्म उद्योग यतिबेला चर्चामा छ। खास गरी तमिल सुपरस्टार धनुषले अभिनेत्री मीना विद्या सागरसँग विवाह गर्ने तयारी रहेको खबर बाहिर पछि तमिल उद्योग चर्चामा आएको हो । यी दुवै कलाकार एकल अभिभावकको भूमिका निभाइरहेका छन्।
मीना साउथ फिल्मकी ठूलो स्टार हुन्। उनले तमिल, तेलुगु, कन्नड, मलयालम र हिन्दी भाषाका फिल्ममा काम गरेकी छन्। मीना विधवा नारी हुन्। उनको पहिलो विवाह सन् २००९ मा विद्यासागरसँग भएको थियो। गत वर्ष विद्यासागरको कोरोनाका कारण निधन भएको थियो।
मीनाको १२ वर्षकी छोरी छिन्। उनको हेरचाह मीनाले नै गर्दै आएकी छन्। मीना धनुषभन्दा ७ वर्ष जेठी छिन्। मीनाको उमेर ४६ हो भने धनुष ३९ वर्षका हुन्।
धनुष आफैंमा डिभोर्सी अभिनेता हुन्। गत वर्ष उनले ऐश्वर्या रजनीकान्तसँग सम्बन्धविच्छेदको घोषणा गरेका थिए। धनुष तमिल फिल्मका ‘थलाइवा’ रजनीकान्तका पूर्व ज्वाइँ हुन्। धनुषको अर्की युवतीसँग अफेयर रहेको चर्चा चलेपछि ऐश्वर्यासँग सम्बन्धविच्छेद भएको थियो । यद्यपि यो कुराको हालसम्म स्वतन्त्र पुष्टि हुन सकेको छैन।
धनुषका दुई छोरा यार्थ र लिंगा छन्। ऐश्वर्यासँग सम्बन्धविच्छेद पछि धनुष प्रायः दुई छोराका साथ समय बिताइरहेका छन्। धनुषले मीनासँगको सम्बन्धबारे अफवाह भने पनि मीनाले भने कुनै प्रतिक्रिया दिएकी छैनन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment