प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम

डिसी नेपाल
१४ चैत २०७९ ९:४१
400
Shares

काठमाडौँ। गायक प्रमोद खरेलको स्वर रहेको ‘कर्मै मेरो रैछ खोटी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ। संगीतकार ऋषि खड्काको शब्द संगीत रहेको सार्वजनिक गीतमा विशाल निरौलाको एरेन्ज रहेको छ।

विक्रम चौहानले निर्देशन गरेको भिडियोले प्रेम, रोमान्स र  वियोगको कथालाई देखाएको छ। जसमा नायिका शिल्पा पोखरेल र मोडल विक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ। प्रेममा मान्छे कतिसम्म डुब्न सक्छ भन्ने विषयलाई देखाइएको भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन मिन रावलले गरेका हुन्। फिल्मी शैलीमा निर्माण गरिएको गीतलाई शाईराम पिक्चर्स प्रालीले बजारमा ल्याएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.