अभिनेत्री तापसी समस्यामा, रिवीलिंग ड्रेससँग ‘लक्ष्मी’ नेकपिस लगाएको भन्दै मुद्दा दायर
काठमाडौँ। बलिउड अभिनेत्री तापसी पन्नु विरुद्ध मुद्दा दायर भएको छ। रिवीलिंग ड्रेससँग ‘लक्ष्मी’ नेकपिस लगाएको भन्दै एक व्यक्तिले तापसीविरुद्ध उजुरी दिएका हुन्।
केही साता अघि, ल्याक्मे फेसन वीक भयो, जसमा तापसीले रातो लुगा लगाएर र्याम्प वाक गरेकी थिइन्। अभिनेत्रीले यो पहिरनसँगै ‘भगवान लक्ष्मी’को मूर्तिबाट बनेको भारी नेकपिस लगाएकी थिइन्। तापसीको यो नेकपिस देख्ने बित्तिकै मानिसहरूले अभिनेत्रीलाई ट्रोल गर्न थाले ।
तापसी पन्नुमाथि अहिले यस विषयमा धार्मिक भावनामा चोट पुर्याएको भन्दै मुद्दा दायर भएको हो। एकलव्य सिंह गौर नामका व्यक्तिले तापसीविरुद्ध यो उजुरी दिएका हुन्। यसअघि यी व्यक्तिले मुनवर फारुकीको इन्दौर शोमा पनि उजुरी दिएका थिए। तापसीले धार्मिक भावनामा चोट पुर्याएको उजुरीमा एकलव्यले बताएका छन्। उनले लक्ष्मीको मूर्तिबाट बनेको नेकपिस रिवीलिंग ड्रेसमा लगाएर राम्रो नगरेको उनी बताउँ छन्।
एकलव्यले इन्दौरको छत्रीपुरा प्रहरी चौकीमा तापसीविरुद्ध उजुरी दिएका छन्। प्रहरी चौकीका एसएचओले एएनआईलाई भने, “हामीले एकलव्य गौरबाट यो उजुरी प्राप्त गरेका छौं। तापसी पन्नुले धार्मिक भावनामा चोट पुर्याएको छ। मार्च १२ मा अभिनेत्रीले रिवीलिंग ड्रेससँग भगवान लक्ष्मीको नेकपिस लगाएर र्याम्पमा हिँडेको देखियो।” यो सनातन धर्मलाई बदनाम गर्ने सुनियोजित षड्यन्त्र भएको पनि उजुरीमा लेखिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment