‘ठिटो झापाको’मा गायक आशिषसँग रोमान्टिक बनिन् शनिशा
काठमाडौं। गायक आशिष सचिनको ‘ठिटो झापाको’ बोलको गीतको भिडियो रिलिज गरिएको छ। गायक सचिनसँगै गायिका अनु चौधरीको स्वर रहेको सार्वजनिक गीतमा शब्द तथा संगीत सन्तोष सुनुवारको रहेको छ।

पर्यटकीय नगरी इलाम र झापामा छायांकन गरिएको सार्वजनिक गीतमा गायक सचिनसँगै मोडल शनिशा भट्टराइको अभिनय देख्न सकिन्छ। गहिरो प्रेममा परेको एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक शान थापाले कलात्मक शैलीमा भिडियोमा देखाएका छन्। जसमा प्रेमीकाले आफ्नो प्रेमी आफ्ना लागि बानी परीसकेका कारण छाड्न नसक्ने बताउँछिन्।

अनिल के मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको सार्वजनिक गीतको भिडियो ओएसआर डिजिटलले निर्माण गरेको हो। गायक सचिनका ‘दारी फुल्यो बैंसैमा’ ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘ए मुना’लगायतका गीत लोकप्रिय छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment