यो पेय हरेक बिहान पिउनुहोस्, पग्लिन्छ कम्मरको बोसो

डिसी नेपाल
१५ चैत २०७९ ११:५६
648
Shares

काठमाडौं । तपाईंको खाना र पेय पदार्थको प्रभाव तपाईंको स्वास्थ्य र तपाईंको छालामा स्पष्ट रूपमा देख्न सकिन्छ। त्यसैले तपाइले स्वास्थ्यका साथसाथै छालालाई पनि राम्रो राख्न सक्ने यस्ता चिजहरुको सेवन गर्नु जरुरी हुन्छ । आज हामी तपाईलाई एउटा यस्तो स्वस्थ पेय पदार्थको बारेमा बताउनेछौं जसले तपाईको स्वास्थ्यलाई फाइदाजनक राख्नुका साथै तपाईको सौन्दर्यतामा पनि निखार ल्याउनेछ।

सामान्यतया मानिसहरु आफ्नो दिनको सुरुवात चिया र कफीबाट गर्छन् । तर यदि तपाईं बिहान उठेर खाली पेटमा केसरको पानी पिउनुका फाइदाहरू जान्नु भयो भने  तपाईंको बिहान यो पेय अवश्य पनि पिउनुहुनेछ ।

आयुर्वेदमा केसरको प्रयोग लामो समयदेखि हुँदै आएको छ । यसमा फाइबर र क्याल्सियम प्रशस्त मात्रामा पाइन्छ । जुन तपाईको छाला र स्वास्थ्य दुवैको लागि लाभदायक साबित हुन सक्छ। हरेक बिहान खाली पेटमा केसरको पानीले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याहरू हटाउँछ, जानौं यसको सेवन गर्नुका फाइदाहरू।

केसर पानीका फाइदाहरूः

–प्रतिरक्षा बढाउन मद्दत गर्दछ ।

–दिनभरि तपाईंको शरीरलाई ऊर्जावान राख्न मद्दत गर्दछ ।

– कपाल झर्ने समस्यामा पनि मद्दत गर्छ ।

– तपाईंको छालामा चमक ल्याउँछ।

– मुटुको स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।

– महिनावारीको दुखाईबाट राहत दिन्छ।

यसका फाइदाहरू थाहा पाएर, तपाईंले यो एक चीजले तपाईंलाई धेरै तरिकामा फाइदा पुर्‍याउन सक्छ भन्ने कुरा बुझ्नुभएको हुनुपर्छ। त्यसोभए अब केसरको पानी कसरी बनाउने र यसको सेवन गर्ने तरिका जानौं।

केसरको पानी कसरी बनाउने बिधिः

केसरको पानी बनाउनको लागि १ कप पानीमा केसर हालेर त्यसमा दालचीनी र अलैंची मिसाएर करिब पाँच मिनेटसम्म पानी उमाल्नुहोस् । त्यसपछि यसलाई केही बेर चिसो गर्नका लागि राख्नुहोस्। जब यो धेरै चिसो हुन्छ कि यसलाई आरामले पिउन सकिन्छ। पिउने बेलामा यसमा मह पनि मिसाएर सेवन गर्न सकिन्छ। ध्यान राख्नुहोस् कि धेरै तातो हुँदा यसमा मह मिसाउनु हुँदैन। धेरै तातो पानीमा मह मिसाउँदा यसको पोषक तत्व नष्ट हुन सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.