अभिनेत्री शोभितासँग डेटमा नागा

डिसी नेपाल
१५ चैत २०७९ १४:४८
14.9k
Shares

मुम्बई। दक्षिण भारतीय फिल्मका अभिनेता नागा चैतन्य र उनकी तत्कालीन पत्नी सामन्था रुथ प्रभु सन् २०२१ मा अलग्गिएका थिए। सामन्थासँग अलग्गिएपछि नागा यतिबेला अभिनेत्री शोभिता धुलिपालाको प्रेममा छन्।

सुरुवाती दिनमा उनीहरुको अफेयरलाई केवल चर्चा मात्र भनिए पनि अहिले आएर भने उनीहरु डेटमा रहेको खुलेको छ। हालैमात्र नागा र शोभिताको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जहाँ नागा एक रेष्टुरेन्टमा छन् र रेष्टुरेन्टका शेफ उनीसँग पोज दिइरहेका छन्। तस्बिरको पृष्ठभूमिमा शोभितालाई प्रष्ट रुपमा देख्न सकिन्छ। तस्बिरमा शोभिताले हातले अनुहार छोपेकी छन्।

तस्बिर सार्वजनिक हुनासाथ सामाजिक सञ्जाल प्रयोगकर्ताले तिब्र रुपमा प्रतिक्रिया दिइरहेका छन्। ‘लाग्छ कि नागा डेटमा छन्। कति राम्रो जोडी देखिएको छ’, एक प्रयोगकर्ताले लेखेका छन्।

नागाले सन् २०१७ मा सामन्थासँग विवाह गरेका थिए। विवाहअघि केही समय डेटमा रहेका यो जोडीको सम्बन्ध विवाहपछि भने खटपट भएको थियो । उनीहरुले सन् २०२१ अक्टोबरमा अलग्गिने निर्णय लिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *