बागमती प्रदेश सरकारको प्रवक्तामा गंगानारायण श्रेष्ठ

डिसी नेपाल
१५ चैत २०७९ १९:२८
80
Shares

हेटौंडा। बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले पाएका छन्। प्रदेश मन्त्रिपरिषदको बुधबार बसेको बैठकले श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।

यसअघि प्रवक्तामा नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया थिए। नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएपछि श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।

मन्त्रिपरिषद बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सिन्धुलीका प्रा.डा. नरबिक्रम थापालाई नियुक्त गर्ने निर्णय गरेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *