‘यस्तो एउटा संसार’ मा ध्रुब र रोजिना

डिसी नेपाल
१६ चैत २०७९ १०:५०
404
Shares

काठमाडौँ। गायक गंगाराज राई र गायिका सुनिता थेगिमको स्वर रहेको ‘यस्तो एउटा संसार’ बोलको गीतको भिडियो रिलिज गरिएको छ। गायक गंगाराजकै संगीत रहेको सार्वजनिक गीतका शब्द जानु काम्बाङ लिम्बुका हुन्।

भिडियोमा अभिनेता ध्रुव दत्त र मोडल रोजिना ढकालको अभिनय रहेको छ। एक प्रेमील जोडीको रोमाञ्चिक प्रेम कहानीले भरिएको ‘यस्तो एउटा संसार’ मा ध्रुबसँग अभिनय गर्दा रोजिना गज्जबले खुलेकी छिन्।

डेढ दशकदेखि लन्डनमा बसेर म्यूजिक भिडियो निर्देशनसँगै संचारकर्ममा पनि व्यस्त रहेका निर्देशक कुशल श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोको निर्माण लन्डनको स्थानीय राजनीतिमा पाइला चाल्दै गरेकी सुमन पुनले गरेकी हुन्।

यस्तै म्‍युजिक भिडियोको छायांकन र सम्पादन निर्देशक श्रेष्ठले नै गरेका हुन्। कुशल बेलायतका लोकप्रिय सञ्चारकर्मी हुन्। उनले निर्देशन गरेका दर्जनौं म्यूजिक भिडियो भन्दा यो केही पृथक छ। दीपिका श्रेष्ठको कोरियोग्राफी र मेकअप रहेको गीतमा उदयराज पौडेलको एरेन्ज तथा किशोर थापाको मिक्सिङ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *