आईएमएफले युद्धग्रस्त युक्रेनलाई १५.६ बिलियन डलर सहयोग गर्ने

डिसी नेपाल
१८ चैत २०७९ १२:३८
52
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले युद्धग्रस्त युक्रेनको अर्थतन्त्रलाई समर्थन गर्न १५.६ बिलियन डलर ऋण प्याकेज स्वीकृत गरेको छ।

आईएमएफका अनुसार, “रुसको आक्रमणले युक्रेनको अर्थतन्त्रलाई ध्वस्त पारेको छ, जसले गर्दा गत वर्ष आर्थिक गतिविधि झन्डै ३० प्रतिशतले संकुचित भएको छ। यसले पुँजी घटाएको छ र गरिबी बढेको छ।”

४८ महिनाको यो विस्तारित कोष सुविधा आईएमएफको बोर्डबाट स्वीकृत भएको छ ।

“नयाँ चार बर्षे कार्यक्रमले समष्टि आर्थिक र वित्तीय स्थायित्व ल्याउनुका साथै युद्धबाट ध्वस्त भएका महत्वपूर्ण संरचनात्मक पूर्वाधारको मर्मत गर्ने लक्ष्य राखेको छ,” आईएमएफका उप प्रबन्ध निर्देशक गीता गोपीनाथले एक विज्ञप्तिमा भनिन् ।

आईएमएफले भर्खरै ‘असाधारण गम्भीर अनिश्चितता’ सामना गरिरहेका देशहरूलाई ऋण दिने नियमहरू परिवर्तन गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *