बिबादस्पद कानुनको विरोधमा इजरायलको तेलअभिभमा लाखौं मानिस सडकमा

डिसी नेपाल
१९ चैत २०७९ ९:१६
64
Shares

काठमाडौँ। सरकारले ल्याउन खोजेको एक विवादास्पद कानूनको विरुद्ध र सो कानुनको  बिपक्षमा उभिएका रक्षामन्त्रीको राजिनामा पछि इजरायलमा लाखौं नागरिक प्रदर्शनमा उत्रिएका छन्।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले न्यायपालिका सम्बन्धी कानून परिमार्जन गर्न खोजेपछि यो वर्षको सुरुदेखि नै इजरायलमा भईरहेको विरोध बढेर बिशाल प्रदर्शंनमा देखिएको हो। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पछिल्ला दिनका आन्दोलनमा १ लाख ५० हजार भन्दा बढी नागरिक प्रदर्शनमा निरन्तर सहभागी भईरहेका छन्।

सरकारको सो कदम बिरुद्धको प्रदर्शनमा विपक्षी दल तथा सामाजिक र राजनीतिक अभियन्ताहरूले नेतृत्व गरिरहेका छन्। प्रदर्शनकै क्रममा हालसम्म इजरायली सरकारले २७  जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

भ्रष्टाचारको आरोप लागेका प्रधानमन्त्री नेतान्याहुले न्यायपालिका कमजोर हुने गरी कानूनी संशोधनको तयारी गर्नु गलत भएको बिपक्षीको आरोप छ। बिपक्षी दलले भ्रष्टचारको आरोपी नेताले कानुन परिमार्जन गर्नु गलत भएको भन्दै उठाएको आवाजलाई समर्थन गर्दै नागरिकहरु विरोधमा निरन्तर आउन थालेका छन, जसका कारण त्यहाँको शहर तेल अभिभको दैनिकी बिग्रन पुगेको छ।

गत सोमबार प्रधानमन्त्री नेतान्याहुले संसदमा कानून परिमार्जनको प्रस्ताव अघि बढाउन आह्वान गर्दै रक्षामन्त्री योभ ग्यालान्टलाई बर्खास्त गरेपछि आन्दोलन थप सशक्त भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *