अस्मिता र किरणको ‘सेल्फी मोबाइल’मा सुधिर र प्रिज्मा

डिसी नेपाल
१९ चैत २०७९ १०:५३
180
Shares

काठमाडौँ। गायिका अस्मिता अधिकारी र गायक किरण गजमेरको स्वर रहेको ‘सेल्फी मोबाइल’ बोलको गीतको भिडियो रिलिज गरिएको छ।

गीतकार ज्ञानेश्वर तिवारीको शब्द , दीपक शर्माको संगीत रहेको सार्वजनिक गीतमा नरेन्द्र बियोगीको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ। भक्तपुर दरबार स्क्वायरमा छायांकन गरिएको सार्वजनिक गीतमा टिकटक स्टार सुधिर श्रेष्ठ, मोडल रोशन केसी, टिकटकर जुम्ल्याहा दिदी बहिनी प्रिज्मा प्रिन्सी खतिवडाको अभिनय देख्न सकिन्छ।

भिडियोमा खुशी साथ प्रेम र रोमान्समा डुब्दै मोवाइलमा सेल्फी खिच्ने जोडीको रमाइलो शैलीलाई निर्देशक माधव शर्माले कलात्मकशैलीमा देखाएका छन्। भिडियोमा सन्तोष राजवाहकको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, मिलन श्रेष्ठको सम्पादन  तथा राजेन्द्र मोक्तानको कलरिङ रहेको छ। अम्बिका अधिकारीको निर्माण रहेको सेल्फी मोवाइल ओएसआर डिजिटलबाट बजारमा आएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *