भुटानी प्रधानमन्त्रीको भारतबारे ‘विवादास्पद अभिव्यक्ति’पछि भुटानी राजा भारत भ्रमणमा

डिसी नेपाल
१९ चैत २०७९ ११:१२
1.0k
Shares

काठमाडौं । भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक अप्रिल ३ देखि ५ सम्म भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।

उबका साथमा परराष्ट्र तथा वैदेशिक व्यापार मन्त्री डा. टाण्डी दोर्जी र भुटानको शाही सरकारका वरिष्ठ अधिकारीहरु पनि रहनेछन् । भ्रमणका क्रममा उनले राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री मोदीसँग भेट गर्नेछन् ।

समाचार एजेन्सी एएनआईका अनुसार यो जानकारी भारतीय विदेश मन्त्रालयले दिएको हो ।

भुटानका प्रधानमन्त्री लोटे क्रिङले आफ्नो भर्खरैको अन्तर्वार्तामा डोकलामबारे भुटानको अडानमा कुनै परिवर्तन नभएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीले त्यहाँको ‘द भुटानीज’ पत्रिकालाई अन्तर्वार्ता दिएका हुन् । यसअघि उनले बेल्जियमको अखबार ‘ला लेब्रे’लाई दिएको अन्तर्वार्तामा भारतको तनाव बढ्न सक्ने बताएका थिए ।

सन् २०२० मा यस्ता धेरै रिपोर्ट आएका थिए जसमा चीनले भुटानको सिमाना भित्र एउटा गाउँ बनाइरहेको बताइएको थियो । तर ‘ला लेब्रे’लाई दिएको अन्तर्वार्तामा लोटे क्रिङले चीनले बनाएका गाउँ भुटानभित्र नभएको बताएका छन् ।

भुटानका प्रधानमन्त्री हालै बेल्जियम गएका थिए र त्यहाँ उनले यो अन्तर्वार्ता दिएका हुन् ।

फ्रान्सेली भाषाको अखबार ‘ला लेब्रे’लाई दिएको अन्तर्वार्तामा भुटानी प्रधानमन्त्रीले भने, “हामीले कुनै अतिक्रमण नभएको स्पष्ट रूपमा भनेका छौं।”

“यो अन्तर्राष्ट्रिय सिमाना हो र हाम्रो हिस्सा कति छ, मलाई थाहा छ। भुटानमा चिनियाँ निर्माणबारे मिडियामा विभिन्न कुराहरू भइरहेका छन्। तर यो निर्माण भुटानमा नभएकाले हामी यसमा चिन्तित छैनौं।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *