फिल्म ‘आरआरआर’ले जापानमा बनायो नयाँ रेकर्ड
मुम्बई। एसएस राजामौलीको सुपरहिट फिल्म ‘आरआरआर’ले जापानमा नयाँ रेकर्ड कायम गरेको छ। राम चरण, जूनियर एनटीआर, आलिया भट्ट र अजय देवगन स्टारर फिल्मले जापानको थिएटरमा १ मिलियन बढी फूटफल दर्ता गर्ने पहिलो भारतीय फिल्मको रेकर्ड बनाएको हो।
यो फिल्म जापानको ४४ शहरका २०९ स्क्रिनसहित ३१ आइमेक्स स्क्रिनमा रिलिज गरिएको थियो। फिल्म जापानमा १० लाख पटक देखाइएको छ। फिल्मका निर्देशक राजामौलीले आफ्नो ट्वीटर एकाउण्टमा जापानको दर्शकप्रति जापानी भाषामा नै आभार व्यक्त गरेका छन्।
फिल्मले जापानमा हालसम्म ८० करोड रुपैंयाँ बढी कमाई गरेको छ। यसले जापानमा सय करोड क्लब पार गर्ने व्यापार विश्लेषकको अनुमान छ । फिल्मले गत जनवरीमा जापानमा सय दिन पुरा गरेका थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment