रिचर्ड–शिल्पा चुम्बन घटनाको मुद्दा खारेज
मुम्बई। बलिउड अभिनेत्री शिल्पा शेट्टी एकपटक पुनः चर्चामा आएकी छन्। सन् २००७ मा शिल्पालाई हलिउड अभिनेता रिचर्ड गेरले सार्वजनिक कार्यक्रममा चुम्बन गरेका थिए। जुन घटनाको भारतका विभिन्न स्थानमा विरोध भएको थियो। केहीले यो घटनालाई अश्लील बताउँदै शिल्पामाथि देशको संस्कृतिलाई अपमान गरेको आरोपसमेत लगाए।
यो घटनालाई लिएर राजस्थानमा रिचर्ड र शिल्पाविरुद्ध आईपीसी र आईटी एक्टको कैयौं धाराअनुसार मुद्दा दर्ता गरिएको थियो। १६ वर्ष पुरानो यो मामलामा अभिनेत्री शिल्पालाई मजिष्ट्रेटले सफाई दिएको छ। मजिस्ट्रेटको आदेशविरुद्ध उजुरी परे पनि मुम्बई सेशन कोर्टले उजुरीलाई खारेज गर्दै शिल्पालाई सफाई दिएको हो।
मजिस्ट्रेटको आदेशविरुद्ध दर्ता भएको उजुरीलाई एडिसनल सेशन जज एससी जाधवले खारेज गरिदिएका थिए। सन् २००७ को अप्रिल १५ मा राजस्थानमा भएको एड्स जागरुकताका लागि आयोजित सार्वजनिक कार्यक्रममा रिचर्ड विशेष अतिथि बनेर पुगेका थिए। यो कार्यक्रममा उनले शिल्पालाई सार्वजनिक रुपमा नै चुम्बन गरेका थिए।
यो घटनापछि शिल्पाविरुद्ध राजस्थानमा प्रहरीमा मुद्दा दर्ता भएको थियो। तर सन् २०१७ मा सुप्रिम कोर्टको आदेश अनुसार मुद्धालाई मुम्बई पठाइएको थियो। यद्यपि सन् २०२२ मा शिल्पालाई मजिस्ट्रेट कोर्टले सफाई दिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment