नेपाल भियतनामसँग ५-१ गोलले पराजित
काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोली पेरिस ओलम्पिक २०२४ को एसिया छनोटको पहिलो खेलमा बलियो भियतनामसँग पराजित भएको छ।
दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपाल भियतनामसँग ५–१ गोलले पराजित भएको हो। पहिलो हाफमा तीन गोल गरेको भियतनामले दोस्रो हाफमा दुई गोल थपेको थियो।
भियतनामका लागि कप्तान हुन्ह न्हुले दुई गोल गरिन्। फाम हाइ यन, एनगुएन थि बिच थुए र एनगुएन थि नाले एक एक गोल थपिन् नेपालका लागि सावित्रा भण्डारीले सान्त्वना गोल फर्काइन्
पेरिस ओलम्पिकको एसिया छनोटको पहिलो चरणको खेल नेपालमा भएको हो। समूह ‘सी’ अन्तर्गत नेपाल र भियतनामबीचको दोस्रो खेल शनिबार हुनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment