यी ५ गल्तीले पिम्पलको समस्या झनै बढाउन सक्छ
काठमाडौं । बढ्दो सौन्दर्य उद्योगमा, प्रत्येक छालाको लागि हजारौं उत्पादनहरू बनाइएका छन्। आज तपाईं आफ्नो छालाको आवश्यकता अनुसार उत्पादनहरू प्रयोग गर्न बारेमा बताउँनेछौं। कहिले काही बजारका महंगा उत्पादनहरूको कारण पिम्पल सुरु हुन्छ। हामी सबैलाई अनुहारमा पिम्पल आउँदा रिस उठ्छ। यसका लागि तपाईंले आफ्नो बानीका साथसाथै उत्पादनहरूमा पनि ध्यान दिनु आवश्यक हुन्छ, ताकि समस्या झन् धेरै नबढोस् भनेर । त्यसोभए जानौं यस्ता ५ गल्तीहरू जुन पिम्पलको कारण बन्न सक्छ।
गलत उत्पादनहरू प्रयोगः कहिलेकाहीँ तपाईंको छाला हेरचाह उत्पादनहरूमा पाइने सामग्रीहरूले छालालाई उल्टो इफेक्ट गर्दछ । जसले दाग, एलर्जी र एक्ने निम्त्याउन सक्छ। त्यसैले छालाको छिद्रहरू अवरुद्ध नहोस् भनेर नन–कॉमेडोजेनिक उत्पादनहरू खोज्नुहोस्। सैलिसिलिक एसिड एक यस्तो तत्व हो, जसले पिम्पल हुनबाट रोक्छ।
अत्यधिक प्रोटिनको सेवनः यदि तपाईंको आहारमा प्रोटिन बढी छ भने यसले पिम्पल आउने सम्भावन निम्त्याउछ। यसबाहेक इन्सुलिनले सेबम र एन्डोजेनसको उत्पादनले पनि यो समस्या बढाउँछ, जसका कारण छिद्रहरू बन्द हुन्छन्।
नराम्रो लुगा लगाउनबाट बच्नुहोस्ः धेरै प्रकारको पिम्पल गर्मी र घर्षणको कारण आउने गर्दछ । पसिना आउँदा अक्सर हेडब्यान्ड र टोपी लगाउनाले पिम्पल हुने सम्भावना बढी हुन्छ।
धेरै उत्पादनहरू प्रयोग नगर्नुहोस्ः केहि उत्पादनहरू बढी प्रयोग नगर्नुहोस्। साथै, प्रडक्टहरू खरिद गर्नुअघि तपाइँको छाला कस्तो छ भनेर निश्चित गर्नुहोस्। छालामा अत्याधिक प्रडक्टको प्रयोगले छालाका छाला सुख्खा हुनका साथै कोषहरु खुल्न ग्राहो हुन्छ र पिम्पल आउने गर्दछ ।
तनावः जब तपाईं तनावमा हुनुहुन्छ, शरीरले कोर्टिसोल र अन्य हार्मोनहरू निस्कन्छ। जसले छालामा तेल उत्पादन बढाउँछ र पिम्पल निम्त्याउँछ। आफ्नो मन शान्त गर्न ध्यान र सास फेर्ने अभ्यास गर्नुहोस्।







डिसी नेपाल








Facebook Comment