बैशाख १ मा आउने ‘बिहे पास’ को शीर्ष गीत सार्वजनिक

डिसी नेपाल
२४ चैत २०७९ १४:४८
1.4k
Shares

काठमाडौँ। प्रदर्शनको संघारमा रहेको प्रतिक्षित फिल्म ‘बिहे पास’ को शीर्ष गीत ‘मायाको बिहे पास..’ शुक्रबार सार्वजनीक गरिएको छ। प्रताप दासको स्वर,बिष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत रहेको गीत बुढा सुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको हो।

फिल्मको मुख्य बिषय र भाव प्रस्तुत गरिएको गीतमा दयाहाङ राई र प्रकृति श्रेष्ठलगायतका अधिकांश कलाकारलाई देख्न सकिन्छ। गीतको सम्पादन र भिएफएक्स समीर मियाँले गरेका हुन्। सेन्सर बोर्डबाट युनीभर्सल सर्टिफिकेट प्राप्त फिल्मलाई प्रबेश पौडेलले निर्देशन गरेका हुन भने प्रस्तुतकर्तामा रोहित कटेल र कार्यकारी निर्मातामा रत्न श्रेष्ठ छन्।

शिब ढकालले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन्। रामजी लामीछानकोको कोरियोग्राफी रहेको फिल्मको कथा मर्रे केर,आकाश बराल र सजन काफ्लले लेखेका हुन भने पटकथा आकाश र सजनले बुनेका हुन्। फिल्मको निर्मातामा रोजन श्रेष्ठ तथा सहनिर्मातामा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन छन्।

फर्स्ट लुक पोस्टर र टिजरबाटै दर्शकको चासो र प्रतिक्षामा रहन सफल फिल्ममा दयाहाङ र प्रकृतिका साथमा श्याम राई, बिशाल पहाडी, बुद्धि तामाङ, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् ।

पूर्वी नेपालका बिभिन्न स्थलमा खिचिएको फिल्मको यसअघि सार्वजनीक रोमान्टिक गीत ‘खाली छैन मेरो मुटु’ ले दर्शकको मन जितिसकेको छ। आरआर फिल्म प्रोडक्शनले निर्माण गरेको फिल्मको बितरण पनि आरआर फिल्मले नै गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *