गगन थापाको प्रधानमन्त्रीलाई सुझाव: ‘परिणाममूखी काममा केन्द्रीत हुनू’ {भिडियो}

डिसी नेपाल
२४ चैत २०७९ १६:२८
76
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले परिणाममूखी काममा केन्द्रीत हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा थापाले सरकारको साझा कार्यक्रम सार्वजनिक भइसकेको अवस्थामा अव प्रधानमन्त्रीले परिणाममूखी काममा केन्द्रीत हुनुपर्ने बताएका हुन्। उनले सरकारको साझा न्युनतम कार्यक्रमलाई संसदमा प्रस्तुत गर्ने परम्परा कायम गर्नुपर्ने बताए ।

साझा न्युनतम कार्यक्रममा उल्लेख प्राथमिकतालाई सम्बोधन गर्नका लागि सरकार केन्द्रीत हुनुपर्ने उनले बताए। थापाले प्रधानमन्त्री भएर प्रधानमन्त्रीले जस्तो काम गर्नका लागि चुस्त टीम बनाएर अघि बढ्नुपर्ने धारणा राखे। उनले प्रधानमन्त्रीको कामकारवाही हेर्दा आत्मविश्वास नभएको, बढी अलमल भएको जस्तो देखिएको तर्क गरेका छन् । थापाले जनतालाई प्रत्यक्ष अनुभव हुनेगरि काम गर्न प्रधानमन्त्रीले कार्यशैली नै परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।
हेर्नुहोस् भिडियो:


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *