इमरान खानलाई हैसियअनुसारको सुरक्षा उपलब्ध गराउन इस्लामाबाद हाईकोर्टको आदेश

डिसी नेपाल
२५ चैत २०७९ १०:१०
112
Shares

काठमाडौं । पाकिस्तानको एक अदालतले बिहीबार इमरान खानलाई देशका पूर्वप्रधानमन्त्रीको हैसियतअनुसारको सुरक्षा व्यवस्था उपलब्ध गराउनुपर्ने आदेश दिएको छ ।

इस्लामाबाद हाईकोर्टले पाकिस्तान तहरीक–ए–इन्साफका नेता इमरान खानको याचिकामाथि सुनुवाइ गर्दै यो निर्णय दिएको हो । गृहमन्त्री राणा सनाउल्लाहको कथित धम्कीपछि इमरान खानले आफ्नो याचिकामा पर्याप्त सुरक्षाको माग गरेका थिए।

पाकिस्तान मुस्लिम लिगका नेता र पूर्व प्रधानमन्त्री नवाज शरीफको निकट मानिने राणा सनाउल्लाहले मार्चमा सत्तारुढ दलले आफ्नो अस्तित्व जोखिममा रहेको महसुस गरे आफ्नो प्रमुख राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध जुनसुकै हदसम्म जान सक्ने बयान दिएका थिए।

इमरान खानको सन्दर्भमा राणा सनाउल्लाहले भनेका थिए, “देशको राजनीति यस्तो बिन्दुमा आइपुगेको छ जहाँ पीटीआई वा पीएमएल कायम रहनेछ।”

समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार अदालतले इमरान खानलाई दिइएको सुरक्षाका विद्यमान नियमहरूबारे सोधपुछ गरेको थियो।

इमरान खानका वकिलले अदालतलाई भने कि गत वर्ष नोभेम्बरमा पूर्व प्रधानमन्त्री इमरान खानमाथि घातक हमला भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *