अभिनेत्री आकांक्षाको आत्महत्या प्रकरणमा गायक समर पक्राउ

डिसी नेपाल
२५ चैत २०७९ १०:१६
3.5k
Shares

काठमाडौं । भोजपुरी अभिनेत्री आकांक्षा दुबेको मृत्यु प्रकरणमा प्रहरीले फरार अभियुक्त समर सिंहलाई गाजियाबादबाट पक्राउ गरेको छ ।

समर सिंहलाई शुक्रबार गाजियाबाद अदालतमा पेश गरिनेछ, जहाँबाट ट्रान्जिट रिमान्ड लिएर वाराणसी लगिनेछ।

२६ मार्चमा आकांक्षा दुबेको शव वाराणसीको एक होटलमा भेटिएको थियो । आकांक्षा दुबे फिल्मको सुटिङका ​​लागि वाराणसी गएकी थिइन् ।

आकांक्षा दुबेको मृत्युपछि उनकी आमाको उजुरीमा वाराणसीको सारनाथ प्रहरी चौकीमा मुद्दा दर्ता गरिएको छ ।

यस एफआईआरमा आमा मधु दुबेले भोजपुरी गायक समर सिंह र उनका भाइ सञ्जय सिंहमाथि छोरीको ‘हत्या’ गरेको आरोप लगाएकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *