पैसा दोब्बर दिने वाचा गर्दै १२ जनाको हत्या गर्ने जादुगर पक्राउ

डिसी नेपाल
२५ चैत २०७९ ११:२१
868
Shares

काठमाडौं । पैसा दोब्बर बनाउने बहानामा १२ जनाको हत्या गरेको आरोपमा इन्डोनेसियाली प्रहरीले एक जादुगरलाई पक्राउ गरेको छ ।

प्रहरीले जादुगरको बगैँचाबाट कैयौं शव फेला पारेको छ । ४५ वर्षीय जादुगर सलामित तोहरीले प्रहरीलाई बताए कि उनले धेरै व्यक्तिको शव जमिनमा गाडेका थिए।

ग्राहकले पैसा फिर्ता माग्न आउँदा पोटासियम साइनाइड विष खुवाउने गरेको प्रहरीको भनाइ छ ।

एक ग्राहकका छोराले प्रहरीलाई भने कि उनका बुबाले अन्तिम पटक जादुगरलाई भेटेका थिए। बाबु घर नफर्केपछि छोराले प्रहरीमा उजुरी गरेपछि प्रहरी अनुसन्धानका लागि जादुगरको घर पुग्यो ।

प्रहरीले जादुगरको घर नजिकै धेरै चिहान फेला पारेको छ । कतिपय चिहानमा दुई–तीन जनालाई सँगै गाडिएको थियो । प्रत्येक चिहानमा मिनरल वाटरको बोतल पनि भेटिएको छ ।

मृतकहरुको उमेर २५ देखि ५० वर्ष रहेको र केहीको शव हालै गाडिएको प्रहरीले जनाएको छ । प्रहरीले पीडितको शवमा हिंसाको कुनै निशान फेला पारेको छैन ।

हाल, जादूगरले हत्यालाई अस्वीकार गरेका छैनन्। नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा उनी २०१९ मा जेल पनि गएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *