सिद्धु मुसेवालाको नयाँ गीत रिलिज, युट्युबमा ट्रेन्डिङ
काठमाडौं । सिद्धु मुसेवालाको मृत्युको पहिलो वार्षिकोत्सवको एक महिनाअघि शुक्रबार उनको पञ्जाबी गीत ‘मेरा ना’ रिलिज भएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार उनको सोसल मिडिया च्यानलमा उक्त गीत रिलिज गरिएको हो, जसलाई ५० लाखभन्दा बढीले हेरिसकेका छन् ।
गत वर्ष मुसेवालाका अभिभावकलाई भेटेका नाइजेरियाली गायक बर्ना ब्वायले र्याप गाएका छन्।
नयाँ भिडियोहरूमुसेवालाका कैयौं तस्बिर, भित्ता र ट्रकमा बनाएका चित्र र विभिन्न ठाउँमा चलेका प्रदर्शन भिडियोहरू प्रयोग गरिएको छ।
भिडियोको अन्त्यमा मूसेवालाको तस्बिरसँगै ‘जस्टिस फर सिन्धु मूसेवाला’ लेखिएको छ ।
गत वर्ष मे २९ मा सिद्धु मुसेवालाको गोली हानी हत्या गरिएको थियो । मुसेवालाको निधनपछि सार्वजनिक भएको यो तेस्रो गीत हो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment