गुप्ता दाजुभाइलाई सुपुर्दगी गर्ने दक्षिण अफ्रिकाको माग युएईले अस्वीकार गर्यो

डिसी नेपाल
२५ चैत २०७९ ११:३९
260
Shares

काठमाडौं । दक्षिण अफ्रिकाले शुक्रबार गुप्ता दाजुभाइको सुपुर्दगीको अनुरोधलाई संयुक्त अरब इमिरेट्सले अस्वीकार गरेको बताएको छ ।

आफ्नो अनुरोधमा उसले आफ्नो देशमा ठगी र भ्रष्टाचारको आरोपको सामना गरिरहेका भारतीय मूलका व्यापारी दाजुभाइहरू राजेश गुप्ता र अतुल गुप्तालाई सुपुर्दगी गर्न माग गरेको थियो ।

गुप्ता परिवारका तीन दाजुभाइ अजय, अतुल र राजेशमाथि सरकारी संस्थानबाट करोडौं रुपैयाँ लुटपाट गरेको आरोप छ।

पूर्व राष्ट्रपति ज्याकब जुमासँगको आफ्नो निकटताको फाइदा उठाएर ठगी र भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि छ।

राजेश गुप्ता र अतुल गुप्तालाई सुपुर्दगी गर्न दक्षिण अफ्रिकाले गत वर्ष संयुक्त अरब इमिरेट्सलाई औपचारिक अनुरोध गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *