भारतकी राष्ट्रपतिको यो रुप !
काठमाडौं । भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले शनिबार लडाकु विमान सुखोई–३० बाट उडान भरेकी छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार राष्ट्रपति मुर्मुले असमको तेजपुर एयर फोर्स स्टेशनबाट यो उडान गरेकी थिइन्।
उनीअघि भारतका धेरै राष्ट्रपति सुखोई–३० मा उडिसकेका छन् । डा. एपीजे अब्दुल कलाम, प्रतिभा देवी पाटिल र रामनाथ कोविन्दले पनि सुखोइमा उडान गरेका छन् ।
यसअघि उनलाई तेजपुर एयरफोर्स स्टेशन पुगेर गार्ड अफ अनर दिइएको थियो । राष्ट्रपति मुर्मु असमको तीन दिने भ्रमणमा बिहीबार त्यहाँ पुगेकी हुन् ।
यसै क्रममा उनले काजिरंगा राष्ट्रिय निकुञ्जमा गजा उत्सवको उद्घाटन गरिन् । गुवाहाहाटी उच्च अदालतको ७५ वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा पनि उनी सहभागी भएकी थिइन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment