सरकारमाथि इमरान खानको आक्रमण, भने– ‘केरा रिपब्लिक’मा यस्तो हुन्छ
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले देशमा अगावै निर्वाचन गराउने सर्वोच्च अदालतको निर्णयलाई उल्टाएकोमा शहबाज शरीफ सरकारको आलोचना गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमा एकपछि अर्को ट्वीट गर्दै उनले सरकारको आलोचना गर्दै ‘केरा गणतन्त्र’मा यस्तो भइरहेको आरोप लगाए ।
उनले लेखेका छन्, “मेरो विरुद्धको यो देशद्रोहको मुद्दा १४४ औं मुद्दा हो। हाम्रा वरिष्ठ नेता अली अमिनलाई जेल पठाउनु भनेको हाम्रो पार्टीको चुनाव लड्ने क्षमतालाई कमजोर पार्ने प्रयास हो।”
‘लण्डन प्लान’ लाई उल्लेख गर्दै इमरान खानले एकपटक फेरि सरकारलाई आफ्नो पार्टीलाई ‘कुल्चिन’ खोजेको आरोप लगाएका छन् ।
उनले लेखेका छन्, “यो सबै ‘लन्डन योजना’ को एक हिस्सा हो, जसमा नवाज शरीफलाई आश्वस्त गरिएको छ कि तहरीक-ए-इन्साफ-पाकिस्तान (पीटीआई) लाई चुनाव अघि झुटा मुद्दाहरू र नेताहरूलाई जेल हालेर कुल्चने छ।”
इमरान खानले लेखेका छन्, ‘सत्तामा रहेका खतरनाक जोकरहरूले पूर्वप्रधानमन्त्रीमाथि देशद्रोहको बेतुका आरोप लगाएर ‘डर्टी ह्यारी’ र ‘साइकोप्याथ’ जस्ता शब्द प्रयोग गरेर विदेशमा पाकिस्तानको प्रतिष्ठालाई हानि पुर्याइरहेको कुरा बुझ्दैनन् । पाकिस्तानको मजाक उडाइरहेका छन्।”
उनले वर्तमान प्रधानमन्त्री शहबाज शरीफले आफ्नो सरकार ढाल्न विदेशी सहयोग लिएको आरोप लगाएका छन् ।
इमरान खानले लेखेका छन्, ‘जब सरकारले नै सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरिरहेको छैन, विदेशी लगानीकर्तालाई के सन्देश दिइरहेको छ ?’
“लगानीकर्ताहरू सम्झौताको सुरक्षा चाहन्छन्। यसको अर्थ न्यायिक प्रणालीमा विश्वास हो। तर सरकार आफैंले सर्वोच्च अदालतको आदेशलाई खारेज गर्दा उनीहरूलाई के विश्वास गर्ने ? केरा गणतन्त्रमा यस्तै हुन्छ।”







डिसी नेपाल







Facebook Comment