टेक्सासको अदालतले गर्भपतनको औषधि मिफेप्रिस्टोनको स्वीकृतिमा प्रतिबन्ध लगायो, बहस बढ्यो

डिसी नेपाल
२५ चैत २०७९ १४:१७
76
Shares

काठमाडौं । अमेरिकामा गर्भपतनका लागि प्रयोग हुने प्रमुख औषधि मिफेप्रिस्टोनको स्वीकृतिलाई टेक्सासको अदालतले शुक्रबार निलम्बन गरेको छ ।

यसैलाई लिएर अमेरिकामा राजनीति चर्किएको छ । धेरै मानिसहरूले टेक्सास न्यायाधीश म्याथ्यू काजमारिकको निर्णयको आलोचना गरिरहेका छन्।

जबकि बाइडेन प्रशासनले अदालतको पछिल्लो निर्णयलाई ‘गर्भपातमा राष्ट्रव्यापी प्रतिबन्ध लगाउने अर्को ठूलो कदम’ को रूपमा वर्णन गरेको छ।

यो निर्णयविरुद्ध लड्ने तयारी भइरहेको प्रशासनले जनाएको छ ।

आफ्नो बयानमा राष्ट्रपति जो बाइडेनले भने, “टेक्सासका एक संघीय जिल्ला न्यायाधीशले २२ वर्षभन्दा बढी समयदेखि उपलब्ध रहेको औषधि, एफडीएद्वारा अनुमोदित र विश्वभरका लाखौं महिलाहरूले सुरक्षित र प्रभावकारी रूपमा प्रयोग गरेको औषधिबारे फैसला गरेको छ कि अब यसलाई अब अमेरिकामा अनुमति नदिने निर्णय गरिएको छ।”

उनले विज्ञप्तिमा भनेका छन्, “अदालतले यस विषयमा औषधि स्वीकृत गर्ने विज्ञ निकाय एफडीएको निर्णयलाई खारेज गरेको छ । यदि यो निर्णयलाई कायम राखियो भने वास्तवमा एफडीएबाट स्वीकृत यस्तो कुनै औषधि हुनेछैन जो राजनीतिक र वैचारिक आक्रमणबाट सुरक्षित रहोस्।”

उनले आफ्नो विज्ञप्तिमा अदालतको यो निर्णयलाई ‘महिलाबाट आधारभूत स्वतन्त्रता खोस्ने र उनीहरुको स्वास्थ्यलाई खतरामा पार्ने कदम’ भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *