भारतीय कानुन मन्त्री रिजिजुको कार ट्रकमा ठोक्कियो

डिसी नेपाल
२६ चैत २०७९ ९:४०
148
Shares

नयाँ दिल्ली। केन्द्रीय कानून मन्त्री किरेन रिजिजुको कार ट्रकमा ठोक्किएको छ। जम्मू कश्मीरको एक कार्यक्रममा सहभागी हुन निस्केका कानुन मन्त्री रिजिजुको कार ट्रकमा ठोक्किएको हो।

सो घटनामा कानुन मन्त्री रिजिजु र उक्त कारमा सवार अन्य मानिसहरु पूर्ण रुपमा सकुशल छन्। प्राप्त जानकारी अनुसार यो घटना जम्मू कश्मीरको रामबन जिल्लामा शनिबार भएको हो।

यो घटनासँग सम्बन्धित एउटा भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यो भिडियोमा किरण रिजिजु बसेको कारलाई ट्रकले ठक्कर दिएको देखिन्छ। ठोक्किएपछि किरेन रिजिजुको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी सो कारतर्फ दौडिरहेको देखिन्छ। सुरक्षाकर्मी कारको नजिक पुग्ने बित्तिकै किरेन रिजिजु आफ्नो कारबाट निस्केर उठ्छन्।

यो भिडियोमा रिजिजुलाई हेर्दा उनलाई कुनै चोट लागेको छैन। उनीसँगै कारमा सवार अन्य व्यक्ति पनि सकुशल छन्। अहिले स्थानीय प्रहरीले यस विषयमा सम्पूर्ण अनुसन्धान गरिरहेको छ।

यस दुर्घटनाको केही समय अघि किरण रिजिजुले एक ट्वीट मार्फत आफ्नो यात्राको जानकारी दिएका थिए। उनले आफ्नो ट्वीटमा लेखेका थिए, ‘म अहिले जम्मुबाट उधमपुर जाँदैछु। त्यहाँ कानुनी सेवा शिविरमा सामेल हुनु पर्नेछ। यस कार्यक्रममा म बाहेक धेरै जजको टोली पनि सहभागी हुनेछन्। यतिबेला, म पनि यो यात्रामा उत्कृष्ट सडकको आनन्द लिइरहेको छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *