चीनले ताइवानलाई घेराबन्दी गर्ने पूर्वाभ्यास सुरु गर्यो, भन्यो- ताइवान सरकारलाई कडा चेतावनी
काठमाडौं । चिनियाँ सेनाले ताइवानलाई घेरा हाल्ने अभ्यास सुरु गरेको छ । चीनको यो तीन दिने सैन्य अभ्यास ताइवानका राष्ट्रपति साई इङ–वेन अमेरिका भ्रमणबाट फर्केको केही घण्टापछि सुरु भएको हो ।
त्यसैले चीनले यो अभियानलाई ताइवान सरकारका लागि ‘कडा चेतावनी’ भनेको छ। ताइवानका रक्षामन्त्रीले चिनियाँ सेनाका ४२ विमान र ८ जहाजले ‘ताइवान स्ट्रेट मेडियन लाइन’ पार गरेको जानकारी दिएका छन्।
समुद्रको बीचमा बनेको यो गैर-आधिकारिक लाइनले ताइवानलाई चीनबाट अलग गर्छ। चीनको आधिकारिक मिडियाका अनुसार यो सैन्य अभ्यास ताइवानको टापु वरिपरि हुनेछ।
यस अभ्यासमा चिनियाँ सेनाले लामो दुरीका रकेट, नौसेना विध्वंसक, मिसाइल डुङ्गा, वायुसेनाका लडाकु, बमवर्षक, ज्यामर र इन्धन भर्ने सवारी साधनहरू तैनाथ गरेको छ।
ताइवानले आफूलाई सार्वभौमसत्ता सम्पन्न देश ठान्दछ । यद्यपि चीनले ताइवान आफ्नो हिस्सा भएको दाबी गर्दै आएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment