पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ राष्ट्रपतिमाथि आक्रोशित, भने- पीटीआई कार्यकर्ता

डिसी नेपाल
२६ चैत २०७९ १३:१६
92
Shares

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले राष्ट्रपति आरिफ अल्वीलाई पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीको कार्यकर्ता भएको बताएका छन् ।

शाहबाज सरिफले सर्वोच्च अदालत (अभ्यास र प्रक्रिया) विधेयक, २०२३ फिर्ता गरेकोमा राष्ट्रपति आरिफ अल्वीको आलोचना गरेका छन्।

शहबाज शरीफले शनिबार ट्वीट गरे, “राष्ट्रपति अल्वीले संसदमा पारित गरेको सर्वोच्च अदालतको विधेयक फिर्ता लिनु अत्यन्तै दुर्भाग्यपूर्ण छ। पीटीआई कार्यकर्ताले जस्तो व्यवहार गरेर उनले यस प्रतिष्ठित कार्यालयको अपमान गरेका छन्। उनी संविधान र आफ्नो कार्यालयको जिम्मेवारीबाट विचलित छन्।”

यो विधेयक मार्फत प्रधानन्यायाधीशको अधिकार घटाइएको छ । यसमा सुओ मोटो र बेन्च बनाउने अधिकार पनि समावेश छ।

यसैबीच, पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईले यो विधेयकको कडा विरोध गर्दै यसलाई न्यायपालिकामाथि आक्रमण भएको बताएको छ।

यो विधेयक गत महिना दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

पाकिस्तानमा अहिले सत्तारुढ गठबन्धन र पीटीआईबीच तनाव छ । इमरान खानविरुद्ध ८० भन्दा बढी मुद्दा दर्ता छन् र अदालतमा सुनुवाइ चलिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *