चीन-पाकिस्तानको आक्रोशलाई बेवास्ता गर्दै भारतले श्रीनगरमा बोलायो जी-२० बैठक
काठमाडौं । चीन र पाकिस्तानको आपत्तिका बाबजुद भारतले जम्मू–कश्मीरको श्रीनगरमा हुने जी–२० बैठकको मिति घोषणा गरेको छ । गत महिना पनि श्रीनगरलाई बैठकको स्थल बनाउने विषयमा चीनले आपत्ति जनाएको थियो।
अंग्रेजी पत्रिका द टाइम्स अफ इन्डियाले यो खबरलाई आफ्नो पहिलो पृष्ठमा स्थान दिएको छ । अखबारले लेखेको छ कि श्रीनगरमा बैठक रोक्न पाकिस्तानले साउदी अरेबिया, टर्की र चीन जस्ता आफ्ना जी-२० सहयोगीहरूसामु लगातार लबिङ गरिरहेको थियो।
एगत महिना अरुणाचल प्रदेशमा भएको जी–२० बैठकको जवाफमा चीनले यस राज्यका ११ स्थानलाई ‘नयाँ नाम’ दिएको थियो । अरुणाचलमाथि आफ्नो दाबीलाई बलियो बनाउन चीनले यो कदम चालेको हो ।
शुक्रबार, भारतले आफ्नो जी-२० क्यालेन्डर अपडेट गर्यो, जस अनुसार समूहले मे २२ देखि २४ सम्म श्रीनगरमा भेट्नेछ। आधिकारिक स्रोतलाई उद्धृत गर्दै अखबारले लेखेको छ कि अरुणाचल प्रदेश जस्तै चीनले श्रीनगरमा हुन लागेको बैठकबाट पनि टाढा रहन सक्छ तर बैठक श्रीनगरमा हुनेमा कुनै शंका छैन ।
स्रोतलाई उद्धृत गर्दै अखबारले लेखेको छ, “बैठकको तयारी गत वर्ष नै सुरु भएको थियो। जी-२० बैठक सबै २८ राज्य र ८ केन्द्र शासित प्रदेशमा भइरहेको छ। अरुणाचल प्रदेश र जम्मू कश्मीर दुवै भारतको अभिन्न अंग हुन्।”
अरुणाचल प्रदेशमा भएको जी-२० बैठकमा करिब ५० प्रतिनिधिहरूले भाग लिएका थिए र सरकार आशावादी छ कि श्रीनगरमा पनि ठूलो संख्यामा प्रतिनिधिहरू भेला हुनेछन्।
अखबारले लेखेको छ कि श्रीनगरमा जी-२० बैठक मार्फत भारतले जम्मू-कश्मीरमा मानवअधिकार उल्लङ्घनको पाकिस्तानको दावीलाई अस्वीकार गर्ने मौका पाएको छ। यस उच्चस्तरीय कार्यक्रमले केन्द्र शासित प्रदेशमा अवस्था सामान्यमा फर्किएको विश्वलाई सन्देश दिने सरकारको आशा छ ।
गत वर्ष पनि चीनले श्रीनगरमा बैठकको प्रस्तावमा असन्तुष्टि व्यक्त गरेको थियो र “सम्बन्धित पक्षहरू” ले कुनै पनि एकपक्षीय कदमले परिस्थितिलाई जटिल बनाउनु हुँदैन भनेको थियो।
श्रीनगरमा जी-२० बैठक आगामी केही महिनाहरूमा बेइजिङसँग प्रस्तावित उच्चस्तरीय वार्ताको बीचमा हुनेछ। चीनका रक्षामन्त्री र विदेशमन्त्री दुवै एससीओ (साङ्घाई सहयोग संगठन) बैठकमा सहभागी हुन छिट्टै भारत जाने अपेक्षा गरिएको छ ।
एससीओ बैठकको मिति तय गर्न भारत अहिले चीन, रुस र अन्य सदस्य राष्ट्रहरूसँग सम्पर्कमा छ।







डिसी नेपाल







Facebook Comment