गायिका व्हिटनीसँग विवाह गर्न चाहन्थे ओसामा बिन लादेन
लसएन्जल्स। अमेरिकी गायिका व्हिटनी ह्यूस्टन सर्वकालिन लोकप्रिय गायिकाका रुपमा चिनिन्छिन्। उनी अश्वेत थिइन्, तर उनको स्वरमा जादु थियो। विश्व उनको गीतबाट मोहित थियो । उनका २० करोड गीत बिकेका छन्। ८ ग्रामी, २ एमी अवार्ड उनले जितेकी छन्। उनको नाम गिनीज बुकमा २८ वल्र्ड रेकर्डमा दर्ता भएको छ।
विश्वका प्रख्यात आतंकवादी ओसामा बिन लादेन पनि व्हिटनीको ठूलो फ्यान थिए। लादेन व्हिटनीको पतिको हत्या गरेर व्हिटनीसँग विवाह गर्न चाहन्थे। व्हिटनीको जीवनमा राम्रो नराम्रो सबै समय आयो। धन, इज्जत, लागुऔषध, रंगभेदको पीडा, समलिंगी सम्बन्ध, पति र छोरी, माता पिताबाट अलग, डिप्रेशन, करियरमा गिरावट भइरहँदा ४८ वर्षको उमेरमा उनको रहस्यमयी तरिकाले मृत्यु भयो।
लादेन व्हिटनीप्रति यती मोहित थिए कि उनी आफ्नो पत्नी बनाउन चाहन्थे। उनी आफ्नो खार्तुम(सुडान)स्थित मेन्सन पनि व्हिटनीको नाममा सार्न चाहन्थे। ओसामाका लागि व्हिटनी विश्वकै सुन्दर महिला थिइन्। यो कुरा लादेनको सेक्स स्लेव रहेको सुडानियन अमेरिकन उपन्यासकार कोला बूफले आफ्नो अटोबायोग्राफी ‘ए डायरी अफ ए लास्ट गर्ल’मा लेखेका थिए।
१९९६ मा कोला बूफ ६ महिनासम्म मोरक्कोमा लादेनको सेक्स स्लेव रहेकी थिइन्। उनलाई बन्दी बनाएर राखिएको थियो। बूफलाई कैयौंपटक लादेनले बलात्कार पनि गरेका थिए । बूफको पुस्तकमा लादेन प्रायः व्हिटनीको बारेमा कुरा गर्ने र उनको मुस्कानमा फिदा हुने गरेको उल्लेख छ।
बूफको पुस्तकमा लादेनले व्हिटनीसँग भेट्न चाहेकाले उनलाई भेट गराइदिने व्यक्तिलाई मात्र करोडौं रुपैंयाँ रकम दिन तयार थिए। तर यसो हुन सकेन। लादेन व्हिटनी हृदयबाट एक मुस्लिम भए पनि अमेरिकी संस्कृतिको बहकाउमा लागेर क्रिश्चियन बनेको मान्यता राख्थे।
व्हिटनीले सन् १९९३ मा गायक बोबी ब्राउनसँग विवाह गरेका थिए। बोबीप्रति लादेनको ठूलो रिस थियो। त्यहीकारण उनी जहिल्यै बोबीलाई घृणा गर्थे । उनी प्रायः बोबीलाई कसरी मार्न सकिन्छ भनेर सोच्दथे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment