पाकिस्तानी प्रधानमन्त्रीको सरकारी निवासमा अफगान नागरिक प्रवेश गरेपछि…
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफको सुरक्षा व्यवस्थाको कमजोरी त्यतिबेला सार्वजनिक भयो जब अर्को देशका एक व्यक्ति उनको सरकारी निवासमा प्रवेश गरे । तर, यो थाहा पाउने बित्तिकै सुरक्षाकर्मीले उनलाई पक्रेर इस्लामावाद प्रहरीको आतंकवाद विरोधी विभाग (सीटीडी) लाई बुझाए। उनलाई अज्ञात स्थानमा लगिएको छ ।
‘द न्युज इन्टरनेशनल’ पत्रिकाका अनुसार प्रधानमन्त्री निवासमा तैनाथ सुरक्षाकर्मीले शंकास्पद व्यक्ति कहाँबाट प्रवेश गरेको हो भन्ने पत्ता लगाउन सकेनन् । अधिकारीहरूले शंकास्पद व्यक्ति अफगानिस्तानको बासिन्दा भएको खुलासा गरेका छन्।
हाल सीटीडी, प्रहरी र अन्य सुरक्षा निकायले संदिग्धलाई सोधपुछ गरिरहेका छन्। सुरक्षा निकायले सीसीटीभी फुटेज पनि स्क्यान गरिरहेको छ । पाकिस्तानी पत्रकार गुलाम अब्बास शाहले संदिग्धको फोटो र सीसीटीभी फुटेज सेयर गरेका छन्।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले शुक्रबार राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) को महत्त्वपूर्ण बैठक बोलाएका छन्, जसमा देशबाट सबै प्रकारका आतंकवादलाई उन्मूलन गर्न व्यापक अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।
यसमा भनिएको छ, ‘यी खतरनाक आतंककारीहरू फिर्ता र अफगानिस्तानमा ठूलो संख्यामा उपस्थित विभिन्न आतंकवादी संगठनहरूले दिएको समर्थनले देशको शान्ति र स्थिरतालाई नष्ट गरेको छ।’ यस वर्षको जनवरीमा एनएससीको अन्तिम बैठक बसेको थियो, जसमा उसले देशमा आतंकवाद विरुद्ध ‘शून्य सहनशीलता’ को संकल्प दोहोर्याएको थियो।
अर्कोतर्फ, प्रतिबन्धित तहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) र इस्लामिक स्टेट (आईएस) का आठ आतंककारीलाई शनिबार लाहोरमा पक्राउ गरिएको छ। मिडिया रिपोर्टका अनुसार पञ्जाब प्रान्तको काउन्टर-टेररिज्म डिपार्टमेन्टले पुलिससँग मिलेर लाहोर र पञ्जाब प्रान्तका अन्य तीन सहरहरूमा अभियान चलाएको थियो, जसमा यी संदिग्ध आतंककारीहरूलाई पक्राउ गरिएको थियो।
सीटीडीका प्रवक्ताका अनुसार आतङ्ककारीहरूबाट हातहतियार, विस्फोटक पदार्थ र अन्य प्रतिबन्धित सामग्री बरामद गरिएको छ। आतंककारीहरूले सहरका महत्त्वपूर्ण प्रतिष्ठान र अन्य धार्मिक स्थलहरूलाई निशाना बनाउने प्रयास गरिरहेका थिए। सीटीडीले लाहोर, गुजरनवाला, डीजी खान र बहावलपुरमा गिरफ्तार गरिएका आतंककारीहरू विरुद्ध छवटा मुद्दा दर्ता गरेको छ।







डिसी नेपाल







Facebook Comment