महिलाले १८ वर्षको प्रयासपछि ड्राइभिङ लाइसेन्स पाइन्, ९५९ पटक ट्रायलमा फेल भइन्
काठमाडौं । करिब १८ वर्षको पर्खाइपछि ६९ वर्षीया महिलाले अन्ततः ड्राइभिङ लाइसेन्स पाएकी छन् । चा सा-सुन नामकी महिला दक्षिण कोरियाको जेओन्जु निवासी हुन् । उनले ९६० पटक परीक्षा दिइन् र फेल भएकी थिइन् तर यसपटक सफलता पाइन् । उनी ९५९ पटक फेल भइन् । उनले तीन वर्षसम्म हप्तामा पाँच दिन लगातार परीक्षा पनि दिइन् । सा-सुनले आफ्नो पहिलो लिखित परीक्षा अप्रिल २००५ मा दिएकी थिइन्।
मिररको रिपोर्टका अनुसार उनले पछि हप्तामा दुई पटक लिखित परीक्षा दिन थालिन्। त्यो पास गरेपछि प्रयोगात्मक परीक्षाको पालो आयो, त्यसपछि उनले १० प्रयासपछि ड्राइभिङ परीक्षा पास गरिन् । समग्रमा उनले ९६० पटक परीक्षा दिनुपरेको थियो । र अहिले उनले ड्राइभिङ लाइसेन्स पाएकी छिन् ।
रिपोर्टका अनुसार सा-सुनले यो सबैमा ११ हजार पाउण्ड (करिब १8 लाख रुपैयाँ) खर्च गरिसकेकी छिन् । तरकारी बेच्ने काम गरेर परिवारलाई पाल्छिन् । यो व्यवसायका लागि उनलाई ड्राइभिङ लाइसेन्स चाहिन्छ, त्यसैले उनले कहिल्यै हार मानिनन्। उनका ड्राइभिङ इन्स्ट्रक्टरले अहिले आफूलाई राहत महसुस गरेको बताए ।
उनले भने, ‘जब उनको लाइसेन्स भयो, हामी सबै धेरै खुसी भयौँ र उनलाई अँगालो हाल्यौँ, फूल दिएका थियौँ । हाम्रो काँधबाट ठुलो बोझ हटेको महसुस भयो । हामीले उनलाई हार मान्न भन्ने हिम्मत गरेनौं किनभने उनी कडा प्रयास गरिरहेकी थिइन्।’
सयौं प्रयास पार गरेर सा-सुन सेलिब्रेटी बनेकी छिन् । उनी कार कम्पनी हुन्डाईको विज्ञापनमा पनि देखिएकी थिइन् । दक्षिण कोरियाली कम्पनी हुन्डाईले उनलाई ११ हजार ६ सय ४० पाउण्ड मूल्यको कार पनि उपहार दिएको छ ।
कोरियाली ड्राइभर लाइसेन्स एजेन्सीका अनुसार ५० मिनेटको लिखित परीक्षामा सडक नियम र कार मर्मतसम्भारसम्बन्धी ५० बहुविकल्पीय प्रश्नहरू हुन्छन्। ७७५ औं पटक असफल भएपछि सा-सुनले फेब्रुअरीमा भनेकी थिइन्, ‘मलाई विश्वास छ कि यदि तपाईले निरन्तर प्रयास गर्नुभयो भने तपाईले आफ्नो लक्ष्य हासिल गर्न सक्नुहुन्छ।’







डिसी नेपाल







Facebook Comment