हिम पहिरोमा परी फ्रान्समा ५ जनाको मृत्यु
काठमाडाैं। फ्रान्समा आइतबार गएको हिमपहिरोमा परी पाँच जनाको मृत्यु भएको छ। दक्षिणपूर्वी फ्रान्सको मोन्ट ब्लाङ्क नजिकै गएको हिम पहिरोमा परी ५ जनाको मृत्यु भएको फ्रान्सेली समाचार संस्थाहरुले जनाएका छन्।
फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिन ट्वीटरमा लेखेकासमेत छन्, ‘हिम पहिरो गएको सूचना पाउदासाथ विपद् व्यवस्थापन टोलीहरू घटनास्थलमा पठाइएको छ। उनीहरूले अझै काम गरिरहेका छन्।’
हिम पहिरो गएको स्थानमा उद्धारकार्य जारी राखिएको तर घटनास्थलबाट कसैलाई जीवित उद्धार गर्नसक्ने आशा क्षीण बन्दै गएको जनाइएको छ। समाचार अनुसार हिम पहिरो गएको उक्त स्थानमा एक दर्जन भन्दा बढी व्यक्ति रहेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment