पाकिस्तानका लागि साउदी अरेबियाको ठूलो उपहार
काठमाडौं । गत शुक्रबार साउदी अरेबियाले २३ करोड डलर खर्च गरेर पाकिस्तानमा बाँध बनाउने परियोजनामा हस्ताक्षर गरेको छ ।
साउदी प्रेस एजेन्सीले जारी गरेको समाचारमा यो बाँध पेशावरको उत्तरमा स्वात नदीमा बनाइने बताइएको छ ।
यो बाँधबाट ८०० मेगावाट बिजुली उत्पादन हुनेछ भने १६ लाख घनमिटर पानीको बचत हुनेछ ।
पाकिस्तानको तर्फबाट यो सम्झौतामा पाकिस्तानको अर्थ मन्त्रालयमा उपसचिव पदमा रहेका डा. काजिम नियाजले हस्ताक्षर गरेका थिए ।
साउदी विकास कोषका प्रमुख कार्यकारी अधिकृत सुल्तान अब्दुलरहमान अल-मार्शदले यो परियोजना साउदी अरब सरकारले पाकिस्तानलाई दिएको आर्थिक सहयोगको विस्तार भएको बताएका छन् ।
यस कोषबाट १ अर्ब ४० करोडको लागतमा ४१ विकास आयोजना निर्माण भइरहेका छन् ।
यसबाहेक विगत चार वर्षमा तेलको डेरिभेटिभमा पनि ५.४ अर्ब डलर खर्च भएको छ ।







डिसी नेपाल







Facebook Comment