ग्रीस र माल्टा बीचमा आप्रवासी चढेको डुङ्गा अलपत्र, ४ सयको ज्यान जोखिममा, इन्धन पनि सकियो
काठमाडौं । ग्रीस र माल्टा बीच एक आप्रवासी जहाज बाटो बिराएर भट्किएको छ। त्यसमा ४ सय जना उपस्थित थिए । जसको ज्यान जोखिममा छ । सामुद्रिक गतिविधिको अनुगमन गर्ने अलार्म फोनको रिपोर्ट अनुसार तत्काल कारबाही नगरे उनीहरुको ज्यान जान सक्छ ।
यो जहाजको इन्धन सकिएसँगै यसको एक भागमा पानी भरिएको पनि जानकारी प्राप्त भएको छ । आप्रवासीहरूले भरिएको यो डुङ्गाले लिबियाको टोबुर्क क्षेत्रबाट यात्रा सुरु गरेको थियो। ती व्यक्तिहरूलाई बचाउन अहिलेसम्म कुनै उद्धार कार्य गरिएको छैन।
जर्मन गैरसरकारी संस्था वाच इन्टरनेशनलको रिपोर्ट अनुसार आप्रवासीहरूको डुङ्गा नजिकै माल्टाका दुईवटा व्यापारिक जहाज छन्। यति हुँदाहुँदै पनि त्यहाँको प्रशासनले आप्रवासीहरूको उद्धार कार्य गर्न अस्वीकार गरेको छ ।
रिपोर्टका अनुसार माल्टाले डुङ्गामा इन्धन मात्र दिन आदेश दिएको छ । ग्रीस र माल्टा बीचको समुन्द्रमा फसेको डुंगामा एक गर्भवती महिला, एक बालक र एक अपाङ्गता भएका व्यक्ति पनि छन् । जसलाई तत्काल मद्दत चाहिन्छ।
विभिन्न देशका आप्रवासीले अवैध सामुद्रिक मार्गबाट युरोप प्रवेश गर्ने प्रयास गर्ने क्रममा धेरैले ज्यान समेत गुमाउँछन् । आइतबार भूमध्यसागरमा युरोप जाने क्रममा डुङ्गा पल्टिँदा २३ आप्रवासीको मृत्यु भएको थियो ।
समुन्द्रबाट उद्धार कार्य चलाएर २५ जनाको उद्धार गरिएको छ । यसैबीच, गत हप्ता ११ घण्टाको अपरेशनपछि माल्टाबाटै ४४० आप्रवासीलाई उद्धार गरिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment