प्रभु बैंकको २५ लाख ७ हजार ४२९ कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। प्रभु बैंकको २५ लाख ७ हजार ४२९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनी गणपति वनस्पति प्रालि, ताराप्रसाद भट्टराई, इन्सान भट्टराई र रञ्जना उदासको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो।
बिक्रीमा रखिएको संस्थापक सेयरमा सेयरधनी गणपति वनस्पति प्रालिको नाममा रहेको १६ लाख ५९ हजार २४३ कित्ता, ताराप्रसाद भट्टराईको नाममा रहेको ५ लाख ७० हजार १८३ कित्ता, इन्सान भट्टराईको नाममा रहेको २ लाख २८ हजार ३ कित्ता र रञ्जना उदासको नाममा रहेको ५० हजार रहेको छ।
यस सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्यसहितको खरिद आवेदन काठमाडौँको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ।
तोकिएको अवधिमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य सर्वसाधारण तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।







डिसी नेपाल







Facebook Comment