कुमारी बैंकको २ लाख बढी संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। कुमारी बैंकको २ लाख ३ हजार ८७ कित्ता संस्थापक सेयर आजबाट बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनी राजनप्रसाद अमात्यको नाममा रहेको २ लाख कित्ता र टिकाराम सापकोटाको नाममा रहेको ३ हजार ८७ कित्ता सेयर बिक्रीमा ल्याएको हो।
यस सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको प्रधान कार्यालय वा कुमारी क्यापिटलको कार्यालयमा खरिद आवेदन पेस गर्न सक्नेछन्।
तोकिएको अवधिमा खरिद आवेदन नपरेको खण्डमा यो सेयर प्रचलित कानुनबमोजिम अन्य सर्वसाधारण तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment