दोहोरो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। मंगलबार नेप्से परिसूचक २७.३१ अंकले बढेर १८७१.३३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.७४ अङ्कले बढेर ३५५.४५ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६२ कम्पनीको ३३ लाख १५ हजार ७२० कित्ता सेयर खरिद बिक्री हुँदा ९४ करोड ५२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ। यसको आज ७ करोड १० लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै सानिमा मिडल तमोर हाइड्रोपावर र प्रभु बैंकको कारोबार भएको छ।
मंगलबारको कारोबारमा १३ वटै उपसुचक बढेर हरियाली छाएको छ। आजको कारोबारमा कालिनचोक दर्शन र आदर्श लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सानिमा मिडल तमोर हाइड्रोपावर र प्राइम ऋणपत्रका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment