विराट कोहलीकी छोरीलाई बलात्कार गर्ने धम्की दिने आरोपीविरुद्धको मुद्दा खारेज
काठमाडौं । क्रिकेटर विराट कोहलीकी नाबालिग छोरी र उनकी पत्नी अनुष्का शर्मालाई सामाजिक सञ्जालमा बलात्कारको धम्की दिएको आरोपमा मुम्बई उच्च अदालतले आरोपीविरुद्ध दर्ता गरेको मुद्दा खारेज गरेको छ ।
आरोपी रामनागेश अकुबथिनी हैदराबादका निवासी हुन्।
समाचार एजेन्सी पीटीआईका अनुसार, न्यायमूर्ति एएस गडकरी र न्यायमूर्ति पीडी नाइकको डिभिजन बेन्चले सोमबार उजुरीकर्ता, कोहलीका प्रबन्धक अक्विलिया डिसुजाको सहमतिपछि अभियुक्तहरू विरुद्धको मुद्दा खारेज गर्ने आदेश दिए।
आईआईटी हैदरावादका स्नातक अकुबथिनीलाई अक्टोबर २४, २०२१ मा भारतले पाकिस्तानसँगको टी–२० विश्वकपको खेलमा हारेपछि कोहलीकी छोरीविरुद्ध आपत्तिजनक ट्वीट पोस्ट गरेको आरोप लागेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment