फिलिपिन्समा अमेरिकाले सुरु गर्‍यो सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास, चीन आक्रोशित

डिसी नेपाल
२९ चैत २०७९ १४:०४
128
Shares

काठमाडौं । फिलिपिन्स र अमेरिकाले आफ्नो सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार दुवै देशका १७ हजारभन्दा बढी सैनिक यसमा सहभागी छन् ।

दुई देशबीचको यो सैन्य अभ्यास विगत तीन दिनदेखि ताइवाननजिकै चीनको सैन्य अभियान चलिरहेको बेला सुरु भएको हो ।

यद्यपि चीनको विदेश मन्त्रालयले सोमबार संयुक्त अभ्यासको आलोचना गरेको छ र दक्षिण चीन सागर विवादमा अमेरिका-फिलिपिन्सले हस्तक्षेप गर्न नहुने बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *