गायक लक्की अलीले ‘ब्राह्मण र इब्राहिम’ भन्ने सामाजिक सञ्जाल पोस्टका लागि माफी मागे
काठमाडौं । ‘ब्राह्मणलाई इब्राहिमको वंशज’ भन्ने पोस्टमा विवाद भएपछि गायक लक्की अलीले माफी मागेका छन् । यससँगै विवादित पोस्ट पनि डिलिट गरिएको छ ।
लक्की अलीले लेखे, “मैले मेरो अघिल्लो पोस्टबाट उत्पन्न विवादलाई महसुस गरें। मेरो उद्देश्य तनाव वा असन्तुष्टि सिर्जना गर्ने थिएन र म माफी चाहन्छु। बरु मेरो उद्देश्य हामी सबैलाई नजिक ल्याउने थियो। तर मैले महसुस गरें कि त्यो पोस्टले अपेक्षित रूपमा काम गरेन ।”
उनले लेखेका छन्, “अब म कुनै पनि पोस्ट गर्नुअघि धेरै सावधानी अपनाउनेछु किनभने मेरो अघिल्लो पोस्टले धेरै हिन्दू दाजुभाइ दिदीबहिनीहरूलाई विचलित गरेको थियो। म यसका लागि हृदयदेखि माफी चाहन्छु। म तपाईं सबैलाई माया गर्छु।”
मिडिया रिपोर्टका अनुसार आइतवार लक्की अलीले कथित रूपमा एक फेसबुक पोस्टमा भनेका छन्, “ब्राह्मण ब्रह्माबाट आएको हो जो मूल रूपले अबरामबाट आएको हो …र यो अब्राहम वा इब्राहिमबाट आएको हो…ब्राह्मणहरू इब्राहिमका वंशज हुन्।” तर, गायकले अहिले यो पोस्ट हटाएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment