भारतमा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्यो

डिसी नेपाल
२९ चैत २०७९ १५:२९
160
Shares

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७८३० नयाँ केसहरू दर्ता भएका छन्। योसँगै सक्रिय केसको संख्या ४० हजार नाघेको छ ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार अहिले देशमा ४० हजार २१५ कोरोना संक्रमित छन् ।

यसअघि मंगलबार ५ हजार ६ सय ७६ जनामा ​​कोरोना संक्रमण देखिएको थियो भने सक्रिय बिरामी पनि ३७ हजार नजिक थिए ।

केही समय यता मुलुकमा फेरि एकपटक कोरोनाका बिरामी तिब्र गतिमा बढिरहेका छन् । यसले खुला सीमा जोडिएको देश नेपालमा पनि जोखिम बढाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *