नव वर्ष : स्वागत छ तिमीलाई

दिनेश घिमिरे
३० चैत २०७९ १०:५८
212
Shares

संसारभरि विखण्डन भरिएको छ
आक्रान्त छन् मानिसका आशाहरू
तिमी मान्छे जस्तै मित्रभाब बोकेर
परिचयको नयाँ दीपक बनेर आँउ
नव-वर्ष तिमीलाई स्वागत छ।

मान्छेहरू आफ्नै भीडमा एक्लिएका छन्
अतृप्त आशाहरूमा मान्छे हराइरहेछन्
यसैले तिमी जीवनको नयाँ आख्यान भित्र
नवपनमा रंगको आभाषहरूमा आँउ
नव-वर्ष तिमीलाई स्वागत छ।

राजनीतिले समाजमा बिखण्डन बडेको छ
बिभाजित छन् समाज फरक नाममा
स्वाार्थका निरर्थक आवाजहरू बाट
आजित बस्तीमा एकताको सन्देश बोकेर आँउ
नव-वर्ष तिमीलाई स्वागत छ।

आधुनिकताका नाममा जंगली छन् स्वभावहरू
विवेक शून्यतामा हराइरहेका मनहरूमा
पिर र ब्यथा बाहेक केही बाँकी छैन्
त्यसैले नयाँ सोचको बेगलाई बोकेर आँउ
नव-वर्ष तिमीलाई स्वागत छ।

समाज अस्थिरता र अविश्वासमा ब्यप्त छ
शंका छ हरेक कृया र प्रतिकृया माथि
यहि अस्थिरता चिर्दै अपनत्वको भाव लिएर
एउटा बिश्वासनीय भावना बोकेर आँउ
नव-वर्ष तिमीलाई स्वागत छ।

तिमी नयाँ आशाका आयामहरूमा
समकालीन प्राकृतिक सृजनाको अवसर लिएर
नव मानवीय संबेदनताको बिगुल लिएर
संसारभरि पुग्ने शान्तिको सन्देश लिएर आउ
साच्चिकै नव क्रान्तिको भाव लिएर आउ
नव-वर्ष तिमीलाई स्वागत छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *