उत्तर कोरियाले मिसाइल हानेपछि जापानले आफ्ना नागरिकलाई लुक्न भन्यो

डिसी नेपाल
३० चैत २०७९ ११:१०
2.5k
Shares

काठमाडौं । उत्तर कोरियाबाट प्रहार गरिएको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलका कारण जापानले होक्काइडोका नागरिकलाई कतै लुक्न चेतावनी दिएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार जापान सरकारले होक्काइडोका नागरिकहरूलाई तुरुन्तै आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान चेतावनी दिनु परेको थियो।

यस चेतावनी सन्देशमा होक्काइडोका बासिन्दाहरूलाई सुरक्षित भवन वा भूमिगत आश्रयमा बस्न भनिएको छ। तर, पछि जापानी प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाको मिसाइल ‘जापानको क्षेत्रमा नखसेको’ भनेका छन् ।

एएफपीका अनुसार जापानका रक्षामन्त्रीले यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल भएको बताए । उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेपछि दक्षिण कोरियाले पनि विज्ञप्ति जारी गरेको छ ।

एएफपीका अनुसार उसले उत्तर कोरियाले नयाँ ठोस इन्धनबाट चल्ने ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको हुनसक्ने बताएको छ। यसबारे उत्तर कोरियाबाट हालसम्म कुनै वक्तव्य आएको छैन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *