सुरक्षा पन्त अभिनीत फिल्म ‘बुलाकी’ वैशाख १ मा आउने

डिसी नेपाल
३० चैत २०७९ ११:४९
1.3k
Shares

काठमाडौँ। वैशाख १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘बुलाकी’लाई स्पेशल स्क्रिनिङमा प्रशंसा पाएको छ। बुधबार साँझ आयोजित शोमा सिनेमा हेर्न पुगेका सिनेमाकर्मी र पत्रकारले ‘बुलाकी’को कथावस्तु, प्रस्तुति, कलाकारको अभिनयको प्रशंसा गरेका थिए।

सिनेमाले मल्टिप्लेक्समा राम्रो शोज पाएको छैन। प्रदर्शकहरुले सिनेमालाई चेपुवामा पारेको गुनासो निर्माताको छ। तर, सिनेमाले स्पेशल स्क्रिनिङमा पाएको प्रतिक्रियाबाट भने निर्माता उत्साहित छन्। सिनेमा हेर्न पुगेका सांसद ज्ञानेन्द्र शाहीले कलाकारको अभिनय, संवाद, कर्णालीको कथालाई मार्मिक ढंगले सिनेमामा प्रस्तुत गरेको बताए।

सिनेमा हेर्न पुगेका निर्देशक दिनेश डीसीले पनि बुलाकीलाई उत्कृष्ट बनेको बताए। अभिनेता नीता ढुंगानाले सिनेमा हेर्दा छुट्टै आनन्दको अनुभुती भएको सुनाइन्। अनि अभिनेता हरिहर अधिकारीले पनि नेपाली सिनेमामा मौलिक कथा भन्न आवश्यक रहेको सुनाए।

अभिनेता पुष्प खड्का, गजित बिष्ट, राज कटुवाल, मुकुन भुषाल, निर्देशक ज्ञानेन्द्र देउजा लगायतले पनि सिनेमाले पुरा समय बाँधेर राखेको सुनाए। सिनेमामा नायक नरेन खड्काले त सरप्राइज नै दिएका छन्। सिनेमा क्षेत्रमा नोटिस नभएका नरेनको अभिनयले दर्शकलाई प्रभावित बनाउँछ।

अभिनेता सुरक्षा पन्त शक्तिशाली अभिनयका कारण हाबी छिन्। सिनेमा कथा वरि परी घुमेको छ । डेव्यु अभिनेता विराज विष्टको अभिनयले पनि सिनेमामा दर्शकलाई फरक अनुभुती गराउँछ। डेव्यु निर्देशक लक्ष्मण सुनारले कर्णालीको कथा अझै धेरै भन्न बाँकी रहेको सुनाए। सिनेमा हेर्नका लागि निर्देशक नवल नेपाल कलाकार प्रशान्त ताम्राकार, हरिष निरौला (क्रकोच) लगायत पनि पुगेका थिए।

सिनेमा ‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ। नरेन खड्का, सुरक्षा पन्त, बिराज बिष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइका अलवा प्रकाश कँडेल र सरस्वती खत्रीले ‘बुलाकी’बाट नेपाली सिनेमा क्षेत्रमा डेव्यु गर्दैछन्।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व।मोति बिष्टको प्रस्तुति रहेको सिनेमा शिब ढकालले खिचेका हुन्। अर्जुन जिसीले सम्पादन गरेको सिनेमामा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *