साढे सात महिनापछि भारतमा फेरि दैनिक कोरोना संक्रमितको संख्या १० हजार माथि

डिसी नेपाल
३० चैत २०७९ ११:३८
84
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा १० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्, जुन पछिल्लो साढे सात महिनायताकै उच्च हो ।

समाचार एजेन्सी पीटीआईले केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।

पीटीआईका अनुसार पछिल्लो २४ घण्टामा १०,१५८ मामिला दर्ता भएको छ जुन पछिल्लो २३० दिनमा सबैभन्दा बढी हो।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हाल देशमा ४४ हजार ४९९ सक्रिय कोरोना संक्रमित रहेका छन् । यसैबीच बुधबार राजधानी दिल्लीमा दैनिक कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ ।

दिल्लीमा सकारात्मकता दर हाल २४ प्रतिशतको नजिक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *