पश्चिमी म्यान्मारमा ड्रोन आक्रमणमा बालबालिकासहित आठजनाको मृत्यु

डिसी नेपाल
१ वैशाख २०८० १८:१७
52
Shares

याङ्गुन । पश्चिमी म्यान्मारको सागाइङ क्षेत्रमा बिहीबार भएको ड्रोन आक्रमणमा परी पाँच बालबालिकासहित आठ जनाको मृत्यु भएको छ म्यान्मारको राज्य प्रशासन परिषद्ले जनाएको छ । साथै, घटनामा अन्य ३१ जना घाइते भएको परिषद्ले बताएको छ ।

स्थानीय समयअनुसार बिहीबार साँझ ५ः४० बजे सागाइङ क्षेत्रको सागाइङ शहरको एक गाउँमा रहेको एक सरकारी विद्यालय नजिकै ड्रोनमार्फत बम आक्रमण गरिएको समाचारमा जनाइएको छ । परम्परागत थिङयान जल महोत्सवको पूर्वसन्ध्यामा ड्रोनबाट चार वटा बम खसालेको बताइएको छ ।

मृत्यु हुनेमा परम्परागत थिङयान जल महोत्सव मनाइरहेका बालबालिकासहित गाउँले रहेका छन् । घाइतेलाई उपचारका लागि सागाइङ्ग अस्पतालमा पठाइएको जनाइएको छ । सोही दिन पूर्वी म्यानमारको शान राज्यको लाशियो शहरमा भएको बम विस्फोटमा परी चार जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका थिए । आक्रमणकारीको खोजी कार्य जारी रहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *